काडमाडौं : 'हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य-नेपाली मौलिक कला, संस्कृति र साहित्य' भन्ने मूल नाराका साथ फुलारा लिटरेचर फाउण्डेशन नेपालले बिभिन्न ब्यक्तित्व र संस्थाहरुलाई 'राष्ट्रिय मानार्थ सम्मान -२०७८' प्रदान गरेको छ ।
नेपाली कला, संस्कृति, समाज, भाषा, साहित्य, चलचित्र, पत्रकारिता लगायतका विधामा रही विशिष्ठ योगदान दिएका व्यक्ति र संस्थाहरुलाई 'राष्ट्रिय मानार्थ सम्मान -२०७८' प्रदान गरिएको आयोजकले बताएको छ । यो सम्मान अनलाइनमार्फत वितरण गरिएको हो ।
विधागतरूपमा रहेका सम्मानित व्यक्तित्वहरूको नामावली, प्रमाण पत्र र शुभकामना पत्र फेसबुक, इमेल, भाइबर र ह्वाट्सएपमार्फत् सार्वजनिक गरिएको छ । ३१२ जना व्यक्तित्वहरूलाई संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरमा सम्मान गरिएको संस्थाका अध्यक्ष भीष्मराज फुलाराले बताए । अध्यक्ष फुलाराका अनुसार कोभिड १९ कम हुँदै गएको देखिएता पनि यसको प्रभाव र असरहरू अझै बाँकी रहेकोले अनलाइनमाध्यम मार्फत् सम्मान वितरण गरिएको हो ।
संस्थाले स्वदेश तथा विदेशमा रही लेखन, कलाकारिता, संगीत, पत्रकारिता, सामाजिक सेवा, सौन्दर्य/फेसन र व्यवसायमा आफ्नो उत्कृष्टता प्रदर्शन गरेका व्यक्तिहरूलाई राष्ट्रिय मानार्थ सम्मान वितरण गरिएको जनाएको छ । यस अवसरमा लेखनमा ३४ जना, चलचित्रमा ९५ जना, संगीतमा ५१ जना, पत्रकारितामा ४८ जना, सामाजिक सेवामा ३२ जना, सौन्दर्य/फेसनमा २८ जना, व्यवसायमा ४ जना र अन्तर्राष्ट्रियमा ३० जना गरी ३१२ जना सम्मानित भएका छन् ।
लेखन विधातर्फ नेपाली वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी, नेपाली महिला लेखिका माया ठकुरी, साहित्यकार कृष्ण धरावासी, पूर्णकालिक लेखक वुद्धि सागर लयागत नेपाली वाङमय साहित्यका प्रखर लेखकहरू भैरव रिसाल, नयन राज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, सुविन भट्टराई, जिएस पौडेल, राम कुमार पांडे लगायत ३४ जना सम्मानित भएका छन् । पांडे अन्तर्राष्ट्रिय लेखक संघ नेपाल च्याप्टरका अध्यक्षसमेत हुन् ।
कला र कलाकारिता विधातर्फ अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, निर्माता, निर्देशक, छाँयाकार, सम्पादक, भिएफएक्स कलाकार, चलचित्र लेखक, मेकअप कलाकार, संगीतकार, गीतकार, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, फेसन डिजाइनर लगायतका ९५ जना चलचित्रकर्मीहरूले सम्मान प्राप्त गरेका छन् ।
सम्मान प्राप्त गर्ने चलचित्रकर्मीहरूमा महानायक राजेश हमाल, निर शाह, भुवन केसी, धिरेन शाक्य, करिश्मा मानन्धर, रविन्द्र खड्का, मोहन निरौला, तीर्थ थापा, दयाराम दाहाल, आकाश अधिकारी, प्रदिप कुमार उदय, छविराज ओझा, रोज राणा, उज्वल घिमिरे, किशोर सुब्बा, रामेशकुमार राई, उमेश खड्का, दिनेश डीसी, सुमिना श्रेष्ठ, सुमन दाहाल, सविर श्रेष्ठ, सुचित्रा श्रेष्ठ, निखिल उप्रेती, विराज भट्ट, निता ढुंगाना, नवल खड्का, पुकार भट्टरार्इ, ज्योति काफ्ले, हिमाल केसी, पुष्कर लामा, रेनिश फागो लगायत छन् ।
संगीत विधातर्फ संगीतकार, गायक, गायिका, गीत रचना, साउण्ड रेकडिट्स, एरेन्जर, म्युजिक भिडियो निर्देशक, मोडल कलाकार लगायत ५१ जना व्यक्तित्व सम्मानित भएका छन् । सम्मान प्राप्त गर्नेहरुमा भजन शिरोमणी भक्तराज आचार्य, शम्भुजित बास्कोटा, सत्यकला राई, राजु सिंह, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, अन्जु पन्त, कृष्ण कंडेल, शिव परियार, चेतन सापकोटा, अर्जुन पोखरेल, धर्मराज उपाध्याय, किशोर थापा,कविराज गहतराज, रामजी लामिछाने, शंकर विसी, शिव विक, क्रान्ति केसी, आदित्य बुढाथोकी लगायत छन् ।
यसैगरी पत्रकारिता विधातर्फ रेडियो, टेलिभिजन, छापा र डिजिटल मिडियामा रहेर उत्कृष्ट योगदान गरेका ४८ जना पत्रकारलाई राष्ट्रिय मानार्थ सम्मान प्रदान गरिएको छ । सम्मान पाउने व्यतित्वहरू मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, प्रेस काउन्लिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान वल, ग्यालेक्सी फोर के टेलिभिजनका संचालकसमेत रहेका पत्रकार रवि लामिछाने, रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमला, मनहरी थापा, सानुकाजी श्रेष्ठ, अनन्त वाग्ले, विदुर गिरी, कुवेर गिरी, टिबी विरही लगायत छन् ।
यस्तै सामाजिक सेवामा सक्रिय रही अमूल्य योगदान गरेका सामाजिक अभियन्ताहरू यज्ञराज पाठक, मोहन बहादुर केसी, मुकुन्द पौडेल, प्रदिप रिजाल, सानुभाइ खड्का लगायत ३२ जना व्यक्तित्वले सम्मान प्राप्त गरेका छन् ।सौन्दर्य/फेसन विधातर्फ इनु थापा, संगीता थापा, रिना शाक्य, छब्बु कार्की, नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, अमृता कंडेल लगायत २८ जना सम्मानित भएका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न पेशा व्यवसायमा सक्रिय रही नेपाली कला, संस्कृति र साहित्य क्षेत्रमा अमूल्य योगदान गरेका वकिल तथा व्यवसायी लगायतलाई सम्मान गरिएको छ । वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी, राजनीतिज्ञ एवं सामाजिक अभियन्ता आनन्द विष्ट, व्यवसायी वाला घिमिरे, विश्वनाथ बराल संचारकर्मीहरू कृष्ण केसी, संगीता थापा, किरण मरहट्ठा, किशोर पन्थी, तोया दाहाल, विकास न्यौपाने, बिशाल पौडेल तथा गायक कलाकार यम बराल, समाजसेवी मकेन्द्र सिंह, तेजेन्द्र कंडेल लगायत ३० जना व्यक्तित्वहरू सम्मानित भएका छन् ।
आफ्नो स्थापनाकालदेखि नै फुलारा लिटरेचर फाउण्डेशन नेपाल आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति कटिवद्ध रहेको र देश भित्र र देश बाहिर नेपाली मौलिक कला, संस्कृति र साहित्यको संरक्षण, सम्वर्धन र विकासमा अगाडी बढिरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष मान बहादुर थापाले बताए । फुलारा लिटरेचर फाउण्डेशन नेपालको संस्थापक संरक्षक तथा कानुनी सल्लाहकार विगत १५ बर्षदेखि अटूटरूपमा अमेरिकामा रहेर कानुन व्यवसाय तथा सामाजिकरणको अभियानमा सक्रिय बासु फुलारा हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies