गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन् ।
मृतक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । गोकुलेश्वरबाट सतवाझ आउँदै गरेको ट्याक्टर गएराति सांढे १२ बजे दोगडाकेदार गाउँपालिका ३ तारलमा दुर्घटना भएको हो । दुर्घटनामा पंसेरा निवासी रुपेश कोली घाइते भएका छन् ।
मृतक पाल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले पालको मृत्यु भएको पुष्टि गरेका हुन् । दुर्घटनामा घाइते भएका कोलीको अवस्था सामान्य रहेको डा. बसन्तराज जोशीले बताए ।
ट्याक्टर सडकभन्दा १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले मध्यान्हलाई जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies