काठमाडौं : साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने क्रममा माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय टोलीले दशैंको टीका लगाएको छ ।
भारतविरुद्ध आइतवार हुने फाइनलअघि शुक्रबार विजया दशमीका अवसरमा टोलीका प्रशिक्षक र खेलाडीहरूले टीका लगाएका छन् । विजया दशमीको टीकालाई जितको प्रतीक मानिन्छ।
पहिलो पटक साफ फुटबलको उपाधि जित्ने योजनासहित अहिले नेपाली टोली तयारीमा छ ।
विश्वभरका नेपालीले झैँ राष्ट्रिय फुटबल टोलीका सदस्यले पनि दशैंको टीका लगाएका हुन् । त्यसक्रममा नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दशैंको टीका लगाएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies