काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ ।
अस्पताल ल्याएलगत्तै उहाँको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको छ ।
नेता वैद्य लामो समयदेखि दमबाट पीडित हुनुभएकोले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies