– आर्यश शर्मा घिमिरे
चेतनाको खोपीभित्र
मुक्तिका मन्त्रहरु भर्दै
परिवर्तन गर्छु
देश बनाउछु भन्दै
कपडा र झण्डा फेरेर
क्रान्तिमा होमिएको छापामारको
एउटा क्षयग्रस्त घर ।
यस्ता हजारौँ एउटा घरमा
रात परेपछि
एउटा कालो छायाँ खस्छ आँगनीमा ।
‘ऊ आउनु’ भो !’
केही गोडा
सल्बलिनछन्
अगेनाको डिलमा ।
यस्ता हजारौँ डिलमा ।
छायाँ भित्र पस्दैन ।
हराउँछ त्यहिँ आगँनीमै ।
हिजोजस्तै,
अस्तिजस्तै,
सधैंजस्तै ।
फेरि मौनता छाउँछ
एउटा अगेनाको डिलमा ।
यस्ता हजारौं एउटा अगेनाको डिलमा ।
त्यो शुन्यता चिर्दै
एउटा तोते बोली गुन्जिन्छ –
‘आमा ! बेपत्ता पार्नु भनेको के हो ?’
सार्है खिन्न लाग्नेगरी
त्यो आगो निभिसकेको धुवाँसँगै
फेरि मिस्सिन्छ
एउटा तीतो आशा
र बज्छ कारुणिक शोक धुन ।
यस्ता हजारौं घरको योद्धाका
लासहरु पन्छाउँदै लालध्वज र प्रचण्ड
समाधिस्थलबाटै सम्बोधन गर्दै
नवयुगको घोषणा गर्छन !
क्रमश..
थवाङ र लिवाङ का बधशालाहरुमा
खिया लाग्दै जान्छ ...।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies