काठमाडौं : कवि केशवप्रसाद पौडेलको कविता संग्रह ‘हिउँफूलको गाउँबाट’ सार्वजनिक भएको छ । खोटाङमा जन्मिएर साहित्य फाँटमा कविताका माध्यमबाट आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका कवि पौडेलको कविता संग्रह ‘हिउँफूलको गाउँबाट’ काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
प्राज्ञ एवं वरिष्ठ साहित्यकार श्रवण मुकारूङ, कवि एवं वरिष्ठ साहित्यकार विप्लव प्रतिक, उपन्यासकार राजन मुकारूङ, बाल साहित्यकार श्रीरामराई समेतको उपस्थितीमा उक्त ‘हिउँफूलको गाउँबाट’ सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै प्राज्ञ एवं वरिष्ठ साहित्यकार श्रवण मुकारुङले कवितामा आञ्चलिकता र विविधता भएको उल्लेख गर्दै कवि पौडेलको कविता यात्राको शुभकामना दिएका थिए । उपन्यासकार राजन मुकारुङले कविता यात्रा अत्यन्तै कठिन यात्रा भएको र कविले कविता लेख्दा निकै साधना गर्नुपर्ने बताए । उनले संग्रहका कविता निकै ओजिलो रहेको पनि बताए ।
पल्लव प्रकाशन प्रालिले प्रकाशन गरेको कविता संग्रहमा आफन्त, अक्षरसँग, सुझाव, अचेल भोली, मेरो हिमाल, सपनाहरू, मधुरिपुको मानव म, विस्कुन सुकाउनेहरू, आशा, सपना लगायतका ३५ वटा कविताहरू रहेका छन् । युवा उमेर, युवा जोस, जागँरलाई साहित्यिक कर्ममा होम्नु भएका कवि पौडेलको यस अघि २०६८ मा कविता संग्रह पुग्नु छ टाढा साथी प्रकाशन भएको थियो ।
सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक एवं सबैमा रहेका विकृतिलाई जस्ताको तस्तै स्थानीय तत् तत् शव्दहरूलाई ट्वाक्कै जस्ताको त्यस्तै लेखी परिवेशलाई जिवन्त सचित्र उतार्ने कला र खुवी भएका कवि पौडेलका कविताहरूले नेपाली साहित्य भण्डारलाई अझै उँचो बनाउने देखिन्छ ।
पढ्दै जाँदा कविका कविताहरूले शीर्षक अनुसार शिर्षन्याय प्रदान गरी समग्र परिवेशलाई तिखो पाराले प्रत्यक्ष झक्झक्याउने काम गरेको पाइन्छ । राज्यका बेथिति विसंगतिलाई गतिलो झटारो हानेको पाइन्छ भने कतिपय अवस्थामा प्रशासनिक विकृतिलाई चोटिलो पाराले प्रस्तुत गरेको पाइन्छ । कतै छोटा त कतै लामा कविताहरू भए पनि कविको कविताले समग्र राज्यलाई सकारात्मक मार्ग दर्शन गराउन सफल हुने देखिन्छ । बजारमा अरु विधा भन्दा कविताका कमै पाठक भएको यस्तो समयमा कवि पौडेलको यो कविता संग्रहले कतिको युवालाई साहित्यमा जागरूक गर्ला त ? हेर्न बाँकी नै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies