महोत्तरी : महोत्तरी, धनुषा र सिरहा लगायत तराईका विभिन्न जिल्लामा नेपाली ब्राण्डकै नाममा भारतीय नक्कली चुरोटको बिगबिगी बढिरहेको पाईएको छ ।
नेपाल र भारतसँग सीमा जोडीएको अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरिरहेको पाइएको छ । आन्तरीक राजस्व कार्यालय धनुषाको रोहवरमा महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका ५ स्थित शंकर जनरल स्टोर्स र चन्दन किराना स्टोर्समा नक्कली चुुरोटको खरिद विक्री भईरहेको गोप्य सुचनाका आधारमा छापा मारेर मंगलवार सूर्य नेपाल प्रालीको सक्कलीमा गाढा रातो रंगको बट्टा जस्तै देखिने ४९९ थान खुकुरी ब्राण्डको नक्कली चुरोटको बट्टा फेला पारेका छन ।
सूर्य नेपाल प्रा.लि.को सक्कलीमा गाढा रातो रंगको बट्टा रहेको छ भने नक्कली चुरोटमा आन्तरिकराजस्व विभाग लेखिएको नक्कली स्टिकर, फिक्का रातो रंगको, बट्टाभित्र चुुरोटको आकारमा समेत परिवर्तन रहेको देखिएको छ ।
नक्कली चुरोट सहित पसलका सञ्चालक शंकर साहलाई महेन्द्रनगर प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि आन्तरीक राजस्व कार्यालय जनकपुरधाम पठाईएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies