इमरान खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । आफ्नो श्रीमतीको हत्या गरी भारत भागेका श्रीमान पक्राउ परेका हुन् ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ११ बाबा बनगाई बस्ने वर्ष ४५ का रामकेवल लोनियाले आफ्नै ३५ वार्षीया श्रीमती चिन्का लोनियाको हत्या गरी बुद्धभूमि नगरपालिका - ९ चम्पापुरको कपिलवस्तु साझेदारी वनमा फाली फरार भएको प्रहरीले बताएको छ ।
उनलाई बुद्धभूमि नगरपालिका- ९ डुमराबाट प्रहरीले विशेष सुराकीको अधारमा पक्राउ गरेको प्रहरी उपरिक्षक दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । जंगलमा मानव कंकाल (खप्पर, हड्डीहरु) भुइँमा भेटिएको, हरियो रङको एक जोर चप्पल, माटो लागेको साडीमा लपेटिएको शवको हड्डीका केही भागहरु फेला पारेको प्रहरीले जनाएको छ ।
मृतककी छोरी पुनिता लोनियाले ईलाका प्रहरी कार्यालय गोरुसिङेको सहयोगमा घटनास्थलमा फेला परेका सामग्री र मृतकसँग सम्बन्धित चप्पल, कपडाहरुको पहिचान गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लोनियामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies