काठमाडाौं : फुटवेर मेनुफयाक्चरर्स एसोसिएसन अफ नेपालले कात्तिक २६ देखि मंसिर १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ ।
वर्षमा २ पटक काठमाडौंमा र हरेक प्रदेशमा एक पटक व्यापारीक मेला आयोजना गर्ने नीतिअनुसार यो वर्षको पहिलो मेला भृकुटीमण्डपमा गर्न लागिएको एसोसिएसनले जनाएको छ ।
मेलामा नेपालका ३० कम्पनीका ६० भन्दाबढी स्टलहरु रहने छन् । मेलामा उपभोक्ताले भारी छुटका साथै गुणस्तरीय उत्पपादनहरु प्राप्त गर्न सक्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies