– रञ्जना पराजुली लम्साल, काठमाडौं
१
बगैंचामा फूल आहा ! तिम्रै लागि फुलेका छन्
भमराहरू आई त्यसैमाथि झुलेका छन !
यताउती खोजे मैले छौ कि तिमी पनि भन्दै,
आतुर यी नजर सुन तिम्रै लागि डुलेका छन् !!
२
झस्किएर कोही देख्दा भाग्नुको कारण के,
नसुतेर रातैभरी जाग्नुको कारण के !
भन्नोस न ए हजुर के भएको हो त्यस्तो,
डाक्टर छोडी झारफुकमा लाग्नुको कारण के !!
३
को भन्दा के कम जान्ने रहेछन धेरै यहाँ,
उक्लन खोज्दा खुट्टो तान्ने रहेछन धेरै यहाँ !
थाहै नपाइ आफ्नैले पराइ भन्दा झन धेरै,
भित्र भित्रै छुरा हान्ने रहेछन धेरै यहाँ !!
४
चन्द्र सुर्य अंकित झण्डा बोकि राष्ट्रिय गीत गाउँछु,
भेषभुषा आफ्नै राम्रो गुन्युचोली पटुकी लाउँछु !
यो छातीमा हात राखी देशप्रति गर्व गर्दै,
मेहेनती नेपाली हुँ भनी बिश्वभरी छाउँछु !!
५
भन्न नसकेका मनका ती अधुरा,
सत्य थिए थिएनन् बुझिएनन कुरा !
बुझ्न बुझाउन नसकेरै सायद,
हुनै सकेनन् कहिले पनि पूरा !!
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies