दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
भक्तपुर : उद्योग वाणिज्य संघ भक्तपुरले उद्यमी व्यवसायीहरुलाई करप्रति त्रसित नभई आकर्षित गर्न आग्रह गरेको छ । आन्तरिक राजस्व कार्यालयमा हालै सरुवा भई आएका करप्रमुख तारा प्रसाद भुसाललाई स्वागत गर्दै संघले उक्त आग्रह गरेको हो । कार्यक्रममा संघका अध्यक्ष शिव प्रसाद मानन्धरले आन्तरिक राजस्व कार्यालयसँग मिलेर संघले करदाता जागरण कार्यक्रमहरुको आयोजना गर्दै अगाडि बढ्नुपर्ने बताए ।
प्रमुख अधिकृत भुसालले कर शिक्षा सबैले पहुँचमा पुग्नेगरी कार्यक्रमहरु तर्जुमा गर्दै जाने विश्वास दिलाउँदै विगतमा झैँ आफ्नो कार्यकालमा पनि स्थानीय उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा अध्यक्ष मानन्धरले संघको प्रकाशन स्मारिका र किट ब्याग प्रमुख अधिकृत भुसाललाइ प्रदान गरेका थिए । संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जा, उपाध्यक्ष राजेन्द्र प्रसाद प्रजापति, एसोसियट उपाध्यक्ष गणेशहरी प्रजापति, महासचिव दिनेश गोसाई लगायत उपस्थित थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies