दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : हस्तकला सम्बन्धि १८औं व्यापार मेलामा उद्यमीहरु उत्साहित भएका छन् । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिने मेलामा करिब आठ करोड रुपैयाँ बराबरको कारोबार भएको संयोजक रविन्द्र शाक्यले बताए ।
उक्त मेला आज समापन भएको छ । मेलामा एक लाखभन्दा बढी मानिसहरुले अवलोकन गरेको थियो । पहिलो दिन २३ हजार जनाले मेला अवलोकन गरेको थिए भने, दोस्रो दिन ५५ हजारले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । दोस्रो दिन शनिबार परेकोले मेला अवलोकनकर्ताको व्यवस्थापन गर्न गा¥होे भएकोे शाक्यले बताए ।
महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण सम्वद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।
मेलाको १६ औं कला प्रतियोगितामा नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम भएकी छिन भने पुन महर्जन द्वितिय र आशा माया महर्जन तृतीय हुन सफल भएकी छिन् । त्यस्तै परम्परागत विधामा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितिय र राम बज्राचार्य तृतीय भएका छन् । विजेताहरुलाइ क्रमशः ५०, ३०, र २० हजार नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृतहरुको हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताए ।
उक्त मेलाको समापन वाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले गरेका थिए । मेलामा विभिन्न हस्तकला विधाका १ सय २० भन्दा बढी स्टल रहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies