अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिममा हराइरहेका एक युवकको शव फेला परेको छ । करिब एक महिनादेखि बेपत्ता भएका युवकको शव सोमबार बिहान फेला परेको हो ।
जिल्लाको मुसिकोट नगरपालिका–१०, गलमपाटीका स्थानीय ३३ वर्षीय रणबहादुर रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
गत कात्तिक पहिलो सातादेखि घरबाट बेपत्ता भएका रोकाको शव सोमबार बिहान १० बजेतिर सोही ठाउँको भिरमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी धुव्रकुमार श्रेष्ठले मध्यान्हलाई जानकारी दिए ।
घरपरिवारले खोजतलास गर्ने क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी चौकी झुल्खेतबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies