सुमन महतारा/मध्यान्ह
गुल्मी : करदाता सेवा कार्यालय तम्घासको उत्कृष्ट कर्मचारीको रुपमा सरिता अर्याल घिमिरे सम्मानित भएकी छन् । मंगलबार भएको दशौं रास्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनको अवसरमा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीको रुपमा घिमिरे सम्मानित भएकी हुन् । कार्यालयको कार्यसम्पादन मुल्यांकनको आधारमा घिमिरे सम्मानित भएको कार्यालय प्रमुख चिरञ्जीवी बस्यालले बताए ।
कार्यालयले कर सप्ताहलाई साताव्यापी रुपमा मनाइरहेको छ । पहिलो दिन कर सप्ताहको उद्घाटन र धेरै कर तिर्ने करदातालाई सम्मान गरेको थियो । दोस्रो दिन सत्यवती खैरेनीमा करदाता शिक्षा कार्यक्रम र चौथो दिन जिल्ला स्थित सरकारी कार्यालय र विद्यालयलाई कर सम्बन्धि तालिम प्रदान गरेको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयले पाँचौ दिन रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थीसँग कर शिक्षा सँग सम्बन्धित विविध कार्यक्रम सम्पन्न गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies