काठमाडौं : लोकप्रिय पेय पदार्थ कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीहरुप्रति विशेष रुपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो नजिकको मान्छेहरु र विशेष गरी महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरिएको कोकाकोलाले जनाएको छ । एक्टिभेसन कार्यक्रम कोका–कोलाको सन २०२१ को दशैँ क्याम्पेन अन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा थियो ।
उक्त अन–ग्राउन्ड एक्टिभेसन कोका–कोलाले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालको प्रमुख ५ कोभिड अस्पतालहरुसँग आबद्ध भएर कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै गरी एम्बुलेन्स सेवाप्रदायक“नेपालएम्बुलेन्स सेवा”, “वुमन फर ह्युमन राइट्स” र क्रिएशनइनको सन्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पु¥याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग पनि कोका–कोलाले सहकार्य गरेको गरेको जनाएको छ । क्याम्पेनको दौरानमा कोका–कोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवाप्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोटल र कोका–कोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स समेत प्रदान गरेको छ ।
अभियानको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीज्युले भने, ‘यो वर्षको दशैँमा हामीले सम्पूर्ण फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयास स्वरुप “धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन” सन्चालनग¥यौँ । यो महामारीको समयमा पनि हामी र हाम्रो समुदायको सुरक्षाको लागि वहाँँहरुले गर्नुभएको अनवरत परिश्रमलाई हामी सम्मान गर्दछौं । समुदाय प्रतिवहाँँहरुको निःस्वार्थ प्रतिबद्धतालाई हामी फेरी पनि सलाम गर्दछौँ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies