एजेन्सी : विश्व स्वास्थ्य संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।
पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसँग जोडिएका एशियाली देशहरुमा ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी डल्युएचओले दिएको हो । डब्लुएचओले युरोप क्षेत्रमा राखेका ५३ वटा देशमा अहिलेसम्म १५ लाख बढी मानिसको मृत्य भइसकेको छ।
आगामी बसन्तसम्ममा यो संख्या २२ लाख पुग्ने दाबी पनि डल्युएचओले गरेको छ । मार्चसम्ममा युरोपेली देशका अस्पतालहरुका सघन उपचार कक्षमा भयंकर चाप पर्ने पनि डल्युएचओको प्रक्षेपण छ ।
युरोपका थुप्रै देशहरुमा अहिले कोरोनाको अनिवार्य खोप र लकडाउनको विरोध भइरहेको छ । नेदरल्याण्ड, अष्ट्रिया, बेल्जियमलगायतका देशहरुमा हिंसात्मक प्रदर्शन समेत भएका छन् । जर्मनी, फ्रान्स, ग्रीसलगायतका देशहरुले भने दुई वटै खोप लगाइसकेकाहरुलाई बुस्टर डोज दिने तयारी गरेका छन् ।
पछिल्ला दिनमा रुसमा मात्रै दैनिक मृत्युदर १२ पुगेको छ भने युरोपमा ४ हजार २ सय पुगेको छ । खोप नलगाएकाहरुको हताहती र डेल्टा भेरियन्टको असर निकै खतरनाक देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले धेरै भन्दा धेरै मानिसको ज्यान बचाउनका लागि सवैको उत्तिकै दायित्व हुने बताएको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies