अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिम कांग्रेसको जिल्ला सभापतिमा प्रेम प्रकाश ओली सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशनबाट ओली सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका हुन् ।
गत सोमबार शुरु भएको सातौं जिल्ला अधिवेशनबाट ओलीसहित अन्य पदाधिकारी तथा कार्य समितिका सबै सदस्य सर्वसम्मत चयन भएको कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।
सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने भएकोले सहमतिको लागि एक कार्यदल समेत बनाइएको थियो । उक्त कार्यदलले नवनिर्वाचित पदाअधिकारीको सहमति पत्र निर्वाचन समितीलाई बुझाएको छ । सोमबार उद्घाटन भएको अधिवेशनले बुधबार राति मात्रै पुर्णता पाएको हो ।
त्यस्तै उपसभापतिमा सुरजजंग मल्ल, हर्कसिङ खत्री, सचिवमा तारकबहादुर शाही,परमेश्वर भण्डारी, सह सचिवमा प्रेम खड्का र यज्ञबहादुर विष्ट सर्वसम्मत चयन भएका हुन् ।
कोषाध्यक्ष भने जिल्ला कार्य समितिले मनोनित गर्ने व्यवस्था छ । बुधबार रातl सर्वसम्मत सहमतिबाट कार्यसमिति सार्वजनिक भएको हो ।
यसअघिको छैठौं जिल्ला अधिवेशनमा पनि ओलL नै जिल्ला सभापतिमा निर्वाचित भएका थिए । सातौं जिल्ला अधिवेशनमा सहमति मार्फत उनी पुनः दोहोरिएका हुन् ।
प्रदेश निर्वाचन क्षेत्र नं. क तर्फको सभापतिमा महेन्द्र केसी र ख को सभापतिमा भद्रबहादुर बिष्टलाई सहमति गरिएको एक नेताले मध्यान्हलाई जानकारी दिएका छन् । उनका अनुसार प्रदेश पदाधिकारी, प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयन पनि आजै हुने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies