काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको छ ।
राष्ट्र बैंकले अधिकांश विद्यमान व्यवस्थालाई यथावत राख्दै मौद्रिक नीतिको समीक्षा गरेको हो । निकै चर्चामा रहेको कर्जा–निक्षेप अनुपात हालकै व्यवस्थालाई निरन्तरता दिएको छ ।
(सीडी रेसियो) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा पेश गर्न भनिएको छ । शेयर धितो कर्जाबारे राष्ट्र बैंकले विम्मान नीतिलाई नै निरन्तरता दिएको छ ।
बैंकले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले समेत नेपालको मुद्रास्फीति बढ्ने देखिएको जनाएको छ ।
साथै, बैंकले गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा समेत आगामी दिनमा मूल्यवृद्धिमा थप चाप पर्ने देखिएको जनाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.०३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक विन्दुगत आधारमा ०७८ असोजमा उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । ०७७ असोजमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार अधिक रहेकोले तरलतामा चाप पर्ने स्थिति देखिएको पनि राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक पुनरूत्थानको चरणमा कर्जाको माग बढिरहेको र यस्तो कर्जाको ठूलो हिस्सा आयात भुक्तानीमा खर्च भइरहेको तर विपे्रषण आप्रवाह अपेक्षित रूपमा बढ्न नसकिरहेकोले बाह्य क्षेत्र स्थायित्वमा दबाब कायमै रहने देखिएको बैंकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies