काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिई सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री शाहीले विश्वासको मत भने बुधबारको बैठकमा लिने छन् । मंगलबार प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकोले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies