तेजबहादुर बन/मध्यान्ह
इटहरी : कोरोना कहरको स्थिति सामान्य बन्दै जादा पुर्वी तराइका जिल्लाहरूमा व्यवसाय प्रति उत्साहित हुँदै करोडौं बरबरको लगानी थपिन थालेका छन् । विगत दुइ वर्ष यता संक्रमणकै कारण व्यवसायहरु धरासायी बन्न पुगेका थिए । कोरोनाको जोखिम कम भएसंगै व्यवसायीहरूमा पुनः लगानी प्रति उत्साहको वातावरण सिर्जना भएको छ । यसैबीच प्रदेश एककै केन्द्रबिन्दु इटहरीस्थित सेन्ट्रल प्लाजाले सोमबार देखि सेन्ट्रल मार्ट सञ्चालनमा ल्याएको छ । इटहरीका प्रतिष्ठित ब्यवसायी राजेश श्रेष्ठले ५ करोडको लगानीमा सेन्ट्रल मार्ट सञ्चालनमा ल्याएका हुन् ।
एक अर्ब ५० करोडको लगानीमा १० तला भवनमा सेन्ट्रल प्लाजा सञ्चालन गरेका उनले थप ५ करोडको लगानी सहित भवनको पहिलो तलामा सेन्ट्रल मार्टको सुरूवात गरेका हुन । उक्त मार्टको उद्घाटन सञ्चालक राजेश श्रेष्ठ र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले संयुक्त रूपमा गरेका छन । एउटै छाना मुनीबाट ५ हजार आइटम राखेर सुलभ मुल्यमा सेवा प्रदान गर्ने उद्देश्य सहित उक्त मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक तथा प्लाजाका अध्यक्ष श्रेष्ठले बताए ।
बढ्दो शहरीकरण संगै ग्राहकहरूको मागलाइ ध्यानमा राखेर मार्टले खाद्यान्न, ग्रोसरी आइटम, मदिराका साथै सफ्ट डिं«क्स आइटमहरु सुपथ मूल्यमा उपलब्ध गराउने जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies