काठमाडौं : कताले कोरोना महामारीसँग जुध्न नेपाललाई करोड़ौं मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउंनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको बताइएको छ ।
टर्किस एयरलाइन्सबाट काठमाडौं आएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री कतारी राजदूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डा. पवनजंग रायमाझीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा सहयोग गर्ने भन्दै आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने आश्वासन दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहसचिव डा. पवनजंग रायमाझीले कतार सरकारलाई धन्यवाद दिँदै कतार सरकारले गरेको सहयोगले नेपाललाई महामारीसँग लड्न हिम्मत मिलेको बताए । डा. रायमाझीले कतार सरकारले दिएका भेन्टिलेटरहरूलाई अति आवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउंने जानकारी दिए ।
कोरोना महामारी शुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रममार्फत कोरोनाविरूद्धको खोप उपलब्ध गराएको थियो ।
कतारमा तीन लाख बढी नेपाली कार्यरत रहेका छन् । कतारमा हालसम्म २ हजार ५ सय ७७ नेपालीले रोजगारीका क्रममा ज्यान गुमाएका छन् । त्यस विषयलाई कतारले गम्भीरताका साथ लिनुपर्ने कतार मामिलाका जानकारहरूले बताउँदै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies