– दिनेश अर्याल, काठमाडौं
नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनबाट जेजसरी नेतृत्व चयन भएको छ यसले एमालेलाई नयाँ बनाउन सकेन । एमाले ‘बा’ वादबाट मुक्त होला भन्ने अपेक्षा महाधिवेशनबाट पुरा भएन । एमालेमा पुनः ‘बा’ले महाधिवेशनसँगै संस्थागत रुप लिएको छ ।
आज एमालेको नेतृत्वमा जोजो आएका छन् ती सबै केपी शर्मा ओलीलाई ‘कमरेड’ होइन ‘बा’ भन्ने मात्रै छन् । ओलीसँग फरक मत राख्ने वा आलोचनात्मक चेत राख्ने नेताहरु महाधिवेशनबाट किनारा लागेका छन् । ओलीको गलत बोलीमा होमा हो गर्ने प्रवृत्तिका बोकेका जमात मात्रै महाधिवेशनबाट अनुमोदित बनेको छ ।
एमालेमा नयाँपन खोज्ने समूह सुरुदेखि नै ओलीको विकल्प खोज्नुपर्छ भन्ने लाइनमा थियो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटन, ब्यूँतिएको एमालेमा भएको विभाजनलाई र सत्ताबाट बाहिरिँदै निरंकुश र स्वेच्छाचारीताको ‘ट्याग’ लागेको एमालेलाई शुद्धिकरण गर्न एउटा समूह सक्रिय थियो । तर, उक्त समूहको योजना यो महाधिवेशनबाट पुरा भएन । महाधिवेशन बरु त्यो गलत प्रवृत्तिलाई संस्थागत गर्ने काम गरेको छ । गलत प्रवृत्ति संस्थागत गरेको यो नेतृत्वबाट जनताले अपेक्षा गर्ने अवस्था छैन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies