– सुरेश कार्की
नेपालनी बजैका तीनवटी बुहारी । जेठी “म कार्तिकेय ब्रामणकी छोरी पो हुँ त” भन्ने अलिक पुरातन विचारकी । अनुहारमा बुढौतीका संकेत र घट्दो जवानी देखिदै गरेको । स्वभावमा केही कपट र छुसीपन । घर चुला/चौकामा सधै आफ्नै मात्र हक÷डक रहोस् भन्ने चाहाने ।बजैकी माहिली बुहारी काजी कपानेकी छोरी । घरभित्र बाहिर सबैलाई रिजाएर हिड्न जान्ने । खेतीपाती र धनजनको उद्यम पजनीमा सिपालु । सबैलाई दिन खानजान्ने, तर अलिक शरल सीधा सोझोपनकि व्यवहारिक ।
तेस्री कान्छी बुहारी अरू दुई बुहारीभन्दा उमेरमा निक्कै कान्छी । यीनी घर कर्म ब्यवहारमा अगाडी सर्न त खोज्ने तर ढंगै नभएकि अनाडी । छरितो जीऊ चिटिक्क रातोपिरो अनुहार, आफु खुवै राम्री हुँ भन्ने ठान्ने जोशिली मार्सल आर्टकी खेलाडी । घर ब्यवहारमा जेठी र माईलीको पहिलेदेखि नै सधै हानाथाप र छिना–झप्टी परिरहने । बजैकी कान्छी बुहारी घरमा भित्रिए पछि भने कहिले जेठी–कान्छी त कहिले माईली–कान्छी मिलेर अर्किलाई एक्ल्याएर उस्कोे सकेसम्म कुरा काटेर उच्छित्तो काड्ने गर्दै आएका ।
केही पहिलेसम्म जेठी र कान्छीको कर्म ब्यवहारमा खुब पट्री (मिल्ती) खाँदै आएको । दुबै मिलेर भान्सामा आलोपालो गर्दै खुव डाडु–पन्यु घुमाउदै आएका पनि हुन । त्यसोहुँदा कान्छीले केहीकाल अघीसम्म एकलौटीजसो भान्सामा डाडुपन्यू घुमाउँन पाएकि थिई । तर अहिले जेठीको पालो चलेकोले फेरि उसरी नै एकलौटी जसो उस्लेपनि हालिमुहाली चलाउँदै आएको अवस्था ।
समय परिस्थिति बित्दै र वदलिदै जाँदा कुन कुराले हो, आजभोली फेरि माईली र कान्छीको हिम–चिम बढेको । जेठीबजै एक्लिन पुगेजस्तो देखिए कि । यसकुराले गर्दा अहिले जेठीलाई के भान परेको छभने, यी दुईटी मिलेर कतै मलाई सिध्याउने पो हुनकि भने । हुनपनि यसपाली यी माईली र कान्छी तीजमा संगै माईतीघर गएदेखि कसरी किन हो, दुईटिकै गलगाडको एउटै पाशो त्यो जेठिको अनुहार भएको जस्तो पनि भएको छ ।
सुनेअनुसार यी दुईटी चै कमाने काजीका एकै खलकका छोरीचेली परेछन पनि । त्यसैले पनि होला दुबैको संस्कार ब्यववहार झण्डै एकैजस्तो मिल्दो/जुल्दो भएकाले अब दुबैले एकज्यान भएर यो घर/भान्सा चलाउने कुरा मिलाएका छन रे !
हुनत केही कालअघी मात्रको कुरा हो । जतिखेर जेठी र कान्छीको खुव मिल्ती थियो, तेतिखेर भरतखण्डे अन्तर्गत पर्ने १९ मुरेखेतको वाली भित्राउने विषयमा विथ्यामा ठूलो बिवाद निकालेर वितण्डा मचाइयो । त्यस्मा माईलीले भित्र्याउन लागेको वाली खोसेर कन्छीकी छोरीको भकारी भरिदिने काममा जेठिकै ठूलो कर्तुतले काम गरेको पनि थियो । तर आज कान्छी र माईली बिच बढदो हिमकिमले जेठीलाई भने कृतघ्नताको खेदमा पश्चातापको जलनले कुटुकुटु खाई रहन्छरे ।
हुनपनि “सौताको रिसले लोग्नेको काख मु...” भने जस्तै गरिन, जेठीबजैले पनि उत्तिखेर त माईलाई हेपेर । जसले जे भनुनु । समाजले पनि देखेकै हो, जेठीले त्यो चै गर्नै नहुने काम गरेकै थिईन । आफ्नै छोराछोरीसमेत कत्तिले त संझाएका पनि हुन यस्तो नचाहिदो ज्याजति काम नगर्नु भनेर तर, बजैले फिटिक्कै सुन्याहो उत्तिखेर त ! उल्टै हप्काईन, संझाउन आउनेलाई जतिलाई । आफैले के के नै जित्नलागेको पो होकि भनेझै गरेकि थिईन । कपटपूर्ण भावले भित्रभित्रै मुुुसु–मुसु पनि हाँस्दैथिईन, वितण्डामा आफ्नो दिगविजय नै होकि भनेझै गरि उतिखेर त ।
आखिर “अर्काको बाछो जति चाटपनि मुखभरी भुत्ला” भनेझै आज/भोलिसम्म पनि घोची रहन्छ रे जेठी बजैलाई भने आफ्नो त्यस दुस्कर्मले आफैलाई ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies