टोकियो । एक चिनियाँ नौसेना जहाज यस हप्ताको सुरुमा कागोशिमाको दक्षिणपश्चिमी प्रान्तबाट जापानको जल क्षेत्रमा अवैधरुपमा प्रवेश गरेको जापानी रक्षा मन्त्रालयले जनाएको छ। अवैध चिनियाँ घुसपैठका कारण दुई देशहरू बीचको सुरक्षा तनाव कम हुने कुनै संकेत देखिएको छैन।
जुलाईपछि यो पहिलो पटक हो जापानी रक्षा मन्त्रालयले जापानी जलक्षेत्रमा चिनियाँ नौसेनाको घुसपैठको भएको पुष्टि गरेको हो। यस्तो घुसपैठ यस वर्षको चौथोपटक भएको जापानी रक्षा मन्त्रालयले जनाएको छ।
जापानी सरकारले कूटनीतिक च्यानलहरूमार्फत चीनलाई जहाजको अवैध घुसपैठलाई रोक्न पटक पटक आग्र गर्दा पनि नरोकिएकोप्रति चिन्ता व्यक्त गरेको छ। तर सेल्फ डिफेन्स फोर्सेस कानूनमा आधारित समुद्रमा हतियारको रक्षात्मक प्रयोग गर्न अनुमति दिने कुनै आदेश जारी गरिएको छैन।
चिनियाँ सर्वेक्षण जहाज बुधवार र बिहीबार दक्षिणपश्चिमी प्रीफेक्चरबाट जापानको क्षेत्रीय पानी बाहिरको तथाकथित समीप क्षेत्रहरूमा यात्रा गरेको देखियो जापान सरकारले बताएको छ।
याकुशिमा टापुको दक्षिणी क्षेत्रबाट जापानी जलक्षेत्रतर्फ जाँदै गरेको जहाजलाई सामुद्रिक सेल्फ डिफेन्स फोर्सको गस्ती विमानले बेलुका ८ः४० बजे देखेको थियो। त्यसपछि बिहीबार बिहान करिब १ः२० बजे जहाज पश्चिम क्षेत्रको कुचिनोएराबु टापुको पश्चिमतर्फ गएको थियो।
चीनको बढ्दो समुद्री गतिविधि जापान र यस क्षेत्रका अन्य देशहरूको लागि प्रमुख सुरक्षा चिन्ताको विषय बनेको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies