लाहोर। अस्मा जहाँगीर सम्मेलन २०२१ मा वक्ताहरूले धार्मिक र सांप्रदायिक अल्पसंख्यकहरूले पाकिस्तानमा व्यवस्थित भेदभाव र हिंसाको सामना गर्ने गरेको दाबी गरेका छन्।
‘धर्म र आस्थाको स्वतन्त्रता विषयक ‘धार्मिक र साम्प्रदायिक अल्पसंख्यकमा चरमपन्थीको प्रभाव’ विषयक सत्रमा भाग लिँदै वक्ताले भने, सबै विभेदका बाबजुद पनि हामी यो भूमिको स्वामित्वमा छौँ र पाकिस्तानको संविधान स्वीकार गर्छौँ। दुई दिने आस्मा जहाँगीर सम्मेलन २०२१ आइतबार स्थानीय एक होटलमा सम्पन्न भएको हो।
शैक्षिक तथा कार्यकर्ता परवेज हुडभोयले सत्रको संचालन गरेका थिए। उनले दुई राष्ट्र सिद्धान्त र उद्देश्य संकल्पले पाकिस्तानमा अल्पसंख्यकहरूलाई व्यवस्थित भेदभावको आधार दिएको बताए। क्रिस्चियन, हिन्दू र पारसीहरूले समयसँगै भेदभाव र हिंसाका कारण पाकिस्तान छोड्ने निर्णय गरेको उनले दाबी गरे।
उमरकोट र थारपार्करको अति पिछडिएको क्षेत्रबाट आएका सांसद लालचन्द मल्लीले भने, “हामी अल्पसंख्यक आफ्नो भूमि र देशको स्वामित्वमा छौं र हामी पाकिस्तानको संविधान स्वीकार गर्छौं।चरमपन्थीहरूको आफ्नै एजेन्डालाई व्याख्या गर्छन, हामीलाई हिंसा र दमन गर्छन्। तर हामी अस्मा जहाँगीरका मशाल बोक्ने तयार छौं, उनले थपे।
अल्पसंख्यक एमएनएले सरकारले मानवअधिकार मन्त्रालय मातहतमा अल्पसंख्यकहरूलाई जबरजस्ती धर्म परिवर्तनबाट जोगाउन संसदीय समिति बनाएको थियो तर इस्लामिक विचारधारा परिषद (सीआईआई) मा उक्त समितिको कार्यविधि रोर्किको बताए।
हजारा समुदायका प्रतिनिधि जलिला हैदरले हजाराहरूलाई भेदभावको सामना गर्नुपरेकोले उनीहरूलाई दोहोरो अल्पसंख्यक भन्नुपर्ने अवस्था आएको बताइन्। हजाराहरूले मानवअधिकारको घोर उल्लङ्घन गरेकोले राज्यको प्रोत्साहनले अतिवादीहरू सशक्त भएकको उनको आरोप छ।
पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) का महासचिव हरिस खालिकले पाकिस्तान कस्तो हुनुपर्छ भन्नेमा सुरुदेखि नै अन्योल रहेको बताए। कायद ए आजमले पाकिस्तानलाई अल्पसंख्यकहरूका लागि समावेशी समाज बन्नको लागि वकालत गरेको भए पनि एकै समयमा यसलाई इस्लामको प्रयोगशाला बनाएको बताए। यसले पाकिस्तानको वैचारिक रोडम्यापको बारेमा धेरै भ्रम पैदा गरेको उनको जिकिर छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies