तनहुँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रम तथा रोजगार क्षेत्रमा भएका अनियमितताको सुधारको काम शुरु भइसकेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटी र शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको शनिबार शुभारम्भका क्रममा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा युवती अदक्ष अवस्थामा गइरहेको भन्दै मन्त्री श्रेष्ठले उनीहरुलाई दक्ष बनाउन तालिम केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको जानकारी दिए । सीप र क्षमताका आधारमा सबै युवालाई रोजगारी दिइने भन्दै मन्त्री श्रेष्ठले सिपको अभावमा नेपाली कामदारहरूले विदेशमा अन्यदेशबाट आएका समान कामदारको तुलनामा कम पारिश्रमिक पाउने र अन्याय पर्दासमेत न्याय खोज्न नसक्ने अवस्थामा रहेकोले उनीहरूलाई शसक्त बनाउन पनि सीप तालिमको आवश्यकता देखिएको बताए ।
मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिए । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies