अभिनेत्री तथा मोडल साक्षी लम्साल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त देखिँदै आइरहेकी छन् । केही फिल्ममा काम गरेकी साक्षी राम्रो ब्यानरमा प्रस्ताव आयो भने काम गर्ने बताउँछिन । धेरै फिल्ममा काम गर्नु भन्दा थोरैमा गर्ने र राम्रो ब्यानरमा काम गर्न रुचाउने साक्षीले मोडलिङको क्षेत्रमा पृथक पहिचान बनाइसकेकी छन् । छोटो समयको कलाकारिता यात्रामा साक्षीले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । यसै क्षेत्रमा आफ्नो भविष्य बनाउने योजनाका साथ अगाडि बढ्दै गरेकी अभिनेत्री मोडल साक्षी लम्सालको पहिलो फिल्म ‘स्वर्ग मेरो गाउँ’ हो । ०७३ सालबाट मोडलिङसँगै कलाकारिताको क्षेत्रमा प्रवेश गरेकी साक्षी चर्चित भन्दा पनि कुशल कलाकार बन्ने सोचमा छिन् । कलाकारितामा गरेको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले साक्षीलाई सम्मान गरेको छ । हालै रिबन इन्टरटेनमेन्टद्वारा आयोजित एक समारोहका बीच लम्साललाई चलचित्रकर्मी सम्मान प्रदान गरिएको थियो भने नेपसिने अवार्ड लगायतका सम्मानबाट सम्मानित भइसकेकी छन् । नाटक ‘सातुको कथा’ प्रदर्शनको क्रममा उनि थाइल्याण्ड लगायतका देशहरुको भ्रमण गरिसकेकी छन् । मोडलिङको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोडल साक्षी लम्सालले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको संक्षिप्त कुराकानीः
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
म्यजिक भिडियोमा नै ब्यस्त छु । फुर्सदको समयलाई सदुपयोग गर्नका लागि राम्रा पुस्तकहरु अध्यायन गर्छु । यसैगरि चलिरहेको छ दिनचर्या ।
भने पछि फुर्सद छैन ?
फुर्सद भन्ने कुरा त्यस्तै हो । केही फिल्मका लागि कुरा भइरहेको छ । तर, भने जस्तो फिल्म पाएको छैन । थोरै गर्ने राम्रो ब्यानरमा काम गर्ने हो । संख्या बढाएरमात्र हुँदैन दर्शक रुचीको विषयवस्तु समेटिएको फिल्ममा काम गर्नु पर्छ भन्ने मेरो मान्यता छ । त्यसैले मेरा फिल्म धेरै छैन ।
स्लिम देखिनु हुन्छ केका लागि ?
मोडलिङ क्षेत्रमा काम गर्ने भएपछि आकर्षक देखिनु पर्छ । अर्को कुरा शरिर बनाउनुभन्दा पनि स्वास्थ्यका लागि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ । फिटनेश गरेर शरिरलार्ई फिट राख्दा स्वास्थ्य राम्रो हुन्छ । आफ्नो ज्यानको ख्याल र मायाँ गरेकीमात्र हुँ । ग्ल्यामर क्षेत्रमा लागेको मान्छे अलि फरक देखिन परिहाल्यो नि ।
ग्ल्यामर क्षेत्रमा कति समय बिताइसक्नुभयो ?
आधा दशक भयो । यो आधा दशकमा दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेँ । कान्तिपुर र जनता टेलिभिजनमा भिजेको समेत काम गरेको छु । सिटी एक्सप्रेस मनि ट्रान्स्फर, जगदम्बा सिनेन्ट, एनसेल, गोल्डस्टार, अमृत तेल, डिसहोम लगायत झण्डै दुई दर्जन जति महत्वपुर्ण ब्राण्डको विज्ञापनमा मोडलिङ गरिसकेको छु ।
तपाईंले काम गर्नुभएको मध्ये मन परेको कुन हो ?
आफूले काम गरेको हरेक भिडियो राम्रै लाग्छ । त्यही पनि भन्नुपर्दा पछिल्लो समय मैले काम गरेको शिव परियारको स्वर रहेको ‘तिम्रो याद भुलाउन सराव पिएर’ बोलको गीतको भिडियो मन पर्छ । जसमा चर्चित सञ्चारकर्मी नरेश भट्टराई जीले अभिनयमा साथ दिनु भएको थियो । यो भिडियोबाट अवार्ड पनि पाएको थिएँ ।
मोडलिङको क्षेत्रमा लागेर के पाउनुभयो र के सिक्नुभयो ?
पहिलो कुरा त साक्षी लम्साल भनेर चिनिएको छु । दोश्रो यो क्षेत्रमा सिकेर कहिल्यै पुर्णता पाउन सकिँदैन, जति काम गरेपनि सिक्दै अघि बढ्ने हो । म सकरात्मक सोचकी मान्छे हुँ । त्यसैले सकरात्मक कुरा नै सिकेकी छु ।
कलाकारहरुको स्थिति नाजुक छ भन्छन् नि ?
पहिलेको जस्तो छैन अहिले । धेर थोर जे जति भएपनि काम हेरेर पारिश्रमिक दिने कार्यको सुरुवात भएको छ । विगतमा चिउराको भरमा काम गरियो भन्ने कुरा अग्रजहरुबाट अझै सुन्नमा आउँछ । कलाकारिताबाट पनि बाँच्न सकिने वातावरण बनेको छ । देश, विदेश घुम्न सहज भएको छ ।
मोडलमात्र नभएर नायिका पनि अहिलेको अवस्थामा हलसम्म दर्शकलाई तान्न के गर्नु पर्ला ?
दशैं यता न हो हलमा फिल्म चल्न थालेको । कोरोनाका कारण लामो समय हल बन्द रहे, यो बीचमा इन्टरनेट र फेशबुक जस्ता माध्यमबाट मनोरञ्जन लिने बानी परिसकेको नेपाली दर्शकहरुलाई राम्रा फिल्म हलमा लाग्ने हो भने उहाँहरु अवश्य पनि हलमा आउनु हुन्छ । हामीसँग पनि अहिले नयाँ नयाँ प्रविधिहरु छन् । त्यसलाई सदुपयोग गर्दै राम्रा, राम्रा लोकेशन, विषयवस्तु चयनमा ध्यान पु¥याउने हो भने नेपाली दर्शक हलसम्म पुग्न धेरै समय लाग्दैन । हलिउड र बलिउडको दाँजोमा पुग्न त समय लाग्ला तर दर्शक रुचीको चलचित्र बनाउन सक्नु पर्छ । नेपाली फिल्म हेर्ने दर्शकको कमी छैन ।
कस्तो भूमिका मन पर्छ ?
आफुलाई दिइएको पात्रलाई न्याय गर्न सक्नु नै वास्तविक कलाकार हुन् । कलाकार भइसके पछि यही भूमिकामात्र गर्नु पर्छ भन्ने छैन । त्यसैले आफुलाई चित्तबुझ्दो भूमिका भयो भने जस्तो सुकै भूमिका होस् काम गर्न गारो मान्दिनँ । विशेषतः चन्चले भूमिका मन पर्छ ।
घरजमको बारेमा के विचार छ ?
विवाहको विषयमा अहिले केही सोचेकी छैन । पहिले आफ्नो करियर निर्माण गरौं अनि विचार गर्नुपर्ला ।
कस्तो केटा पाए घरजम गर्ने ?
सुखी राख्ने भन्दा पनि खुसी राख्ने । मेरो कामलाई बुझ्ने र कलाकारिता मन पराउने ब्यक्ति नै मेरो जिवन साथी हुनसक्छ । सोचेको सबै कुरा नपुग्न पनि सक्छ हेरौं भविष्यले कस्तो मोड लिन्छ ।
प्रेम प्रस्ताव कत्तिको आउँछ ?
ग्ल्यामर क्षेत्रमा करियर बनाउँदै गरेकी भएर त्यस्ता कुरा प्रति ध्यान दिन्नँ । प्रेम प्रस्ताव र विवाह भिन्न कुरा हुन् । उमेर र क्षेत्रको हिसावले पनि प्रेम प्रस्ताव आउनुलाई स्वभाविक ठान्दछु । यो ठुलो कुरा होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies