इमरान खान/मध्यान्ह
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदै छ । हालसम्म सभापति लगायत अन्य पदाधिकारीमा उम्मेद्वारी टुंगो लगोको छैन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सभापतिमा दोहोरिन चाहेका छन् । यता संस्थापन इतर पक्षमा आकांक्षी धेरै हुँदा उम्मेद्वार टुंगो लाग्न सकेको छैन । विमलेन्द्र निधिले भने सभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।
त्यस्तै महामन्त्रीमा पनि पार्टीका प्रवक्त विश्वप्रकाश शर्मा र नेता गगनकुमार थापाले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । यता सभापति देउवाले महामन्त्रीमा केन्द्रीय सदस्य एवं हाल सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उठाउने तयारी थालेका छन् । योसँगै महामन्त्री पदका लागि कार्की उपयुक्त हुने बैचारिक बहससमेत हुन थालेको छ ।
विद्यार्थी जीवनदेखि राजनितिमा सक्रिय रहेर राजनीतिक छवि बनाएका कार्की नेवि संघको केन्द्रीय सभापति हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म आइपुगेका हुन् । स्व. विपी कोइराला, स्व. गिरीजा प्रसाद कोइरालाको पालामा पनि सक्रिय राजनीतिमा रही पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेलेका कार्की महामन्त्री बन्नु पर्ने आवज पनि उठ्न थालेको छ
प्रदेश अधिवेशनमा कार्कीले व्यक्त गरेका विचार :
आम कांग्रेसजनले २०७४ को निर्वाचनलाई समीक्षा गर्दै हरेकले आफ्नो स्थानबाट पार्टीलाई सुदृढ, एकतावद्ध, समावेशी र लोकप्रिय बनाउन भूमिका खेल्नुपर्नेछ । नेपाली कांग्रेस सबैको पार्टी हो, महिला, आदिवासी, जनजाति, मुस्लिम, मधेशीलगायत देशका जुनसुकै भूगोलमा बसोबास गर्नेहरूको यस पार्टीमा आस्था छ । नेपाली कांग्रेस धोती कछाड लगाउने होस् या दौरा सुरुवाल वा बख्खु लगाउने सबैको पार्टी हो ।
नेपाली कांग्रेसमा परिपक्व नेतृत्वले मात्र यस पार्टीका संस्थापकहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर तथा गिरिजाप्रसाद कोइराला लगायतको सपना पूरा गर्न सक्छ । आश्वासनरूपी कर्णप्रिय भाषण गरेरमात्र विकास हुनसक्दैन, न त संगठन नै हुन्छ । त्यसकारण अब नेपाली कांग्रेसले अघि सारेको आर्थिक रूपान्तरण, आम नेपाली जनताको समृद्धिको एजेण्डालाई मूर्त रूप दिन सामथ्र्यवान, अनुभवी र शासनसत्ता सम्हालेको नेतृत्वको आवश्यकता छ । नेपाली कांग्रेसलाई अहिले इतिहासले दिएको यो जिम्मेवारीलाई मनन गर्दै देशलाई आर्थिक समृद्धि र रूपान्तरणको कोर्समा अघि बढाउनसक्ने नेतृत्व चयन गर्नुपर्छ ।
नेपाली कांग्रेस तीन पुस्ताको पार्टी हो । तीनै पुस्ताको भावनालाई संयोजन गरेर पार्टीलाई अघि बढाउने नेतृत्व नेपाली कांग्रेसलाई आवश्यक छ । सतही, एकांकी कुरा गरेर, कर्णप्रिय भाषण गरेरमात्र संगठन निर्माण हुँदैन, १४औं महाधिवेशनबाट सबैभन्दा लोकप्रिय र सबैको पार्टी बनाउन संगठन निर्माणमा लाग्नुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies