इसत्याक अहमद/मध्यान्ह
रौतहट : रौतहट इशनाथ नगरपालिकाले नगरभित्र रहेका प्रधानाध्यापकसँग अन्तक्र्रिया गरेको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले नगरभित्रका विद्यालय एवं मदरसाका प्रधानाध्यापकहरुसँग अन्तक्र्रिया गरेका हुन् ।
उनले नगरभित्रका बालबच्चा विद्यालयबाट वञ्चित हुन नहुने बताएका थिए । बैठकमा मदरसाका धर्म गुरु मौलाना साहेबलाई पनि बोलाइएको थियो ।
शिक्षा स्तरोन्नति गर्न भौतिक पूर्वाधार प्रवद्र्धन एवं सम्वर्द्धन गर्न प्रधानाध्यापकहरुसँग अन्तक्र्रिया गरिएको अधिकृत गुप्ताले बताए । इशनाथ नगरपालिकामा २२ वटा विद्यालय र मदरसा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies