– बिन्दु खत्री, सुर्खेत
हरेक पल यो मनले उसैलाई सम्झिएको छ,
त्यहि सम्झनामा नै यो गजल लेखिएको छ ।
भगवान ! उसको सबै दुःख म खप्न चाहान्छु,
किनकी मेरो कारण उसले आँसु पिएको छ ।
तिमीलाई पाउने त म भाग्यमानी हुँ प्यारा,
तिमी आएदेखि मेरो सबै खुसि फर्किएको छ ।
अनगन्ती चोटहरूले यो मुटु चिरिएको बेला,
सियो धागो उसैले ल्याई यो मुटु सिएको छ ।
अब मुत्यु हैन ! म जीवन चाहान्छु ‘महोदय’
किनकी कसैले बाँच्ने आधार दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies