काठमाडौं ।
साहित्यिक चौतारी नेपालकाे केन्द्रीय महासचिवमा राम प्रसाद सुबेदी संगम चयन भएका छन् । साहित्यिक चौतारी नेपालले केन्द्रीय पदाधिकारी परिपूर्ति गर्ने क्रममा दाङका सुबेदी महासचिवमा चयन भएका हुन् । साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीकाे अध्यक्षतामा भएको भर्चुअल बैठकबाट महासचिवसहित उपाध्यक्ष, सचिव र केही सदस्यहरु थप गरेर कार्यसमितिलाई पूर्णता दिइएको हाे । बैठकले निबर्तमान महासचिव घायल तिवारीलाई उपाध्यक्षमा बढुवा गरेकाे छ भने सचिवमा रोशन तिमल्सिनालाई चयन गरेकाे छ। त्यस्तै बैठकले सदस्यहरुमा कमला ढकाल, सीता शर्मा, लोकबिक्रम मल्ल , दुर्गा भुसाल र माया उपाध्यायलाई चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको छ ।
चौतारीकी अध्यक्ष भण्डारी, वरिष्ठ उपाध्यक्ष शिशिर लिङ्देले चारखोले, उपाध्यक्षहरु सरु बस्नेत र नवीन अनुपात, कोषाध्यक्ष कमला भण्डारी, सह- कोषाध्यक्ष श्यामकुमार क्षेत्री मुस्कान र सदस्यहरू तारा घिमिरे र विन्दा पराजुली यथा स्थानमा छन् । संस्थाले प्रशिक्षकमा शंकर ढकाल र प्राविधिकमा शिरिष बन्जाडेलाई समेत नियुक्त गरेकाे छ ।
साहित्यिक चौतारी नेपाल नेपाली भाषा र साहित्यको बिकास र बिस्तार गर्ने उदेश्यसहित २०७१ सालमा स्थपना भई दर्ता भएर नेपाली साहित्यको बिकास र बिस्तारसंगै विभिन्न सामाजिक कार्य समेत गर्दै आएकाे संस्था हाे । साहित्यिक चौतारी नेपालका निबर्तमान महासचिव घायल तिवारीले सहजीकरण गरेकोे कार्यक्रममा नबनियुक्त पदाधिकारीलाई संस्थाकी केन्द्रीय अध्यक्ष भण्डारीले सपथ ग्रहण समेत गराएकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies