काठमाडौं : गायक नविन पौडेल र गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरी डल्ली’ बोलको गीत एसआरसी फिल्मको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
डीपी खनालको शब्दमा तयार भएको गीतमा राजेन्द्र बजगाईंले संगीत भरेका छन् । फिल स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार केसीले सम्हालेका छन् ।
‘मेरी डल्ली’ म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र बिना राउतलाई फिचरिङ गरिएको छ । म्युजिक भिडियोलाई सुबोल थापाले निर्देशन गरेका हुन् भने उनैले कोरियोग्राफी पनि सम्हालेका छन् ।
नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । म्युजिक भिडियोको निर्माता दिपा पौडेल हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies