पवन जयसवाल/मध्यान्ह
नेपालगञ्ज (बाँके) : ‘डान्स बाँके डान्स’को उपाधि सुविन तामाङले जितेका छन् । फाइनलमा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले उपाधि जितेका हुन् । उपाधि विजेता तामाङले नगद ५० हजार रुपैयाँ र प्रमाण–पत्र प्राप्त गरे । डान्स बाँके डान्सको ग्य्रान्ड फिनाले मेरो प्लानेट नेपालगञ्जमा भएको थियो ।
त्यस्तै अर्जुन तिवारी उपविजेता बन्न सफल भए । तिवारीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । रोयल डान्स प्रालिको आयोजनामा बाँके, बर्दिया, दाङ र कैलालीको विभिन्न शहरहरुमा भएको अडिसनबाट छनोट भएर फाइनलमा प्रवेश गरेका १७ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा चर्चित डान्सर प्रदिप लामा निणार्यकको रुपमा रहेका थिए । कार्यक्रमको उद्घोषक संचारकर्मी तथा शिक्षक रवि बस्नेतले गरेका थिए भने उनलाई मिडियाकर्मी प्रेरणा गिरी र हृदेश आचार्यले साथ दिएका थिए । कार्यक्रममा रोयल डान्स एकेडेमीको शो प्रस्तुित रहेको थियो भने साथमा चर्चित गायकद्वय प्रमोद डिजी र महेन्द्र सेडाईले आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
प्रतियोगितालाई सके जति आफूले राम्रो बनाउन खोजेको र त्यसमा सोचे अनुरुप आफूहरु सफल भएको प्रबन्ध निर्देशक भरत शाही र रोयल डान्स प्रालिका प्रमुख रोहित थापाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies