पवन जयसवाल/मध्यान्ह
नेपालगन्ज : हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।
महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो ।
महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए । हालसम्म ७४ शाखा, विस्तारित काउन्टर संख्या ५, एटिएम संख्या १ सय ४८ र ५ हजार भन्दा बढी पिओएस टर्मिनल्ससंख्या पुगेको बैंकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies