काठमाडौं : सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा शुक्रबहादुर राईले अग्रता लिएका छन् । मंगलबार गोकर्ण गल्फ क्लबमा पार–७२ को सो खेलमा ५ अन्डर ६७ अंकसहित राई अग्रस्थानमा रहेका हुन् ।
उनी ३ अन्डर ६९ अंक बनाएका रामे मगरभन्दा दुई स्ट्रोक अगाडि छन् । भुवन नगरकोटी र सुवास तामाङले तेस्रो स्थानमा २ अन्डर ७० सहित बराबरी गरेका छन् ।
१ अन्डर ७१ अंक बनाएर रवि खड्का पाँचौं स्थानमा छन् । निरज तामाङ भने इभन–पार ७२ अंकसहित छैटौं स्थानमा छन् ।
२ ओभर ७४ अंक जोडेर राजेन्द्र श्रेष्ठ प्रधान सातौं स्थानमा छन् । सूर्यप्रसाद शर्मा र रामकृष्ण श्रेष्ठ भने थ्री–ओभर ७५ मा आठौं स्थानमा बराबरीमा छन् । १० औं स्थानमा सद्भाव आचार्य र दिनेश प्रजापति बराबरीमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies