ऐजेन्सी : दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको बताइएको छ ।
दक्षिण अफ्रिकाका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।
बुधबार भएको सो दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । ती घाइतेको अवस्था पनि गम्भीर रहेको उनीहरुको भनाई रहेको छ । निकै दु्रत गतिमा ती दुवै सवारी दुई बिपरीत बाटोबाट आएका थिए । त्यस क्रममा ठोक्किएर सवारीमा आगो लागेको थियो।
आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु जलेर शवको पहिचान हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies