राजेन्द्र महतो/मध्यान्ह
सिरहा : सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ मा रहेको दुर्गा मन्दिर नजिकै प्रदेश न. २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय कृष्णदेव यादवको मृत्यु भएको हो ।
उनको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादैं गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies