राजेन्द्र महतो/मध्यान्ह
सिरहा : सिरहामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ७ छघरेस्थित हरियो सामुदायिक वनमा रहेको भालु खोलाको किनारमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले मध्यान्हलाई बताएको छ ।
प्रहरीले ती महिलाको पहिचान खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
शवलाई पोस्टमार्टम तथा पहिचानको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies