काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले केही पदमा निर्विरोध र केही पदमा निर्वाचनको प्रक्रिया जारी रहेको अवस्थामा कोरोना भाइरस संक्रमणको कारण देखाउँदै निर्वाचन समिति विघटन गरेपछि वैदेशिक रोजगार क्षेत्रका अगुवाहरूमा अहिले समिति विघटन गरिनु विधान विपरीत भन्ने प्रश्न उठेको छ ।
संघको विधानमा कार्यसमितिलाई निर्वाचन सम्पन्न नहुँदै निर्वाचन समिति विघटन गर्न पाउने वा नपाउने प्रष्ट व्यवस्था छैन । संघको निर्वाचनमा अध्यक्षका उम्मेद्वार भुवन सिंह गुरूङदेखि प्रगतिशील वैदेशिक रोजगार मञ्चले यो प्रश्नको कानूनी उत्तर खोजिरहेका छन् ।
अधिवक्ता देवराज कटुवालले विधानमा उल्लेख नभएको भएपनि कार्यसमितिलाई निर्वाचन समिति भंग गर्ने अधिकार रहने बताए । उनले भने, ‘कानूनमा संस्था जन्माउनेलाई मार्ने पनि अधिकार रहन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ, नेपालको सर्वाेच्च अदालतले पनि सोही अनुसार व्याख्या गरिसकेको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies