ऐजेन्सी : बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतंकवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।
दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने प्रयास गर्ने आतंकवादी समूहले आक्रमण गरेको थियो ।’
इराक सुरक्षा बलहरूले भने रकेटहरू बगदादको दक्षिणी क्षेत्रबाट प्रहार गरिएको र तथाकथित ग्रीन जोनलाई निशाना बनाइएको थियो जुन कूटनीतिक नियोग प्रशासनिक भवनहरू, र अमेरिकी दूतावास सहित अन्य दूतावासहरू रहेको क्षेत्र हो ।
अमेरिकी दूतावासलाई नियमित रूपमा इराक र सिरियामा आक्रमणको शृंखलामा मिसाइलहरूद्वारा निशाना बनाइएको छ जसमा इराकको ऐन अल–असद एयरबेस र सिरियाको ग्रीन भिलेज बेस नजिकै अप्रत्यक्ष रकेट आक्रमणहरू हुने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies