काठमाडाैं : नेपाल चेम्बर अफ कमर्शले अफगानिस्तानका जनतालाई राहत सामाग्री सहयोग गरेको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट अफगानिस्तानका जनताको मानवीय सहयोगार्थ रु २० लाख बराबरको राहत सामाग्री शुक्रवार परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पुर्याएको भन्दै नेपाल चेम्बर अफ कमर्शलाई धन्यवाद दिए।
सोही अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले अफगानिस्तानमा पीडामा परेका नागरिकलाई थोरै भए पनि नेपालका तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies