यामराज बिष्ट/मध्यान्ह
दैलेख : जिल्ला प्रशासन कार्यालय दैलखमा कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन लगाउन शुरु गरिएको छ । प्रशासनका अनुसार बुधबारदेखि ११ स्थानीय तहबाट सहभागि भएका स्थानीय नागरिकलाई खोप लगाउने कार्य शुरु भएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
प्याकुरेलका अनुसार १८ वर्ष उमेरदेखि माथिका नागरिक, छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति लगायतलाई खोप लगाइने जानकारी दिए । प्रशासनका अनुसार शुक्रबारसम्म तीन दिनसम्मको अवधिमा ३ सय ५९ भन्दा बढीले खोप लगाएका छन् ।
यस्तै सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा कोरोना विरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, आफुले लगाएको खोपको कार्डको मोबाइलमा खिचिएको फोटो भएपनि मान्य हुने प्रशासनले जनाएको छ । साथै खोप लगाउन छुटेका व्यक्तिहरूले नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य सेवा कार्यालय वा यस कार्यालयमा समेत खोप लगाउन सक्ने प्रशासनले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies