यामराज बिष्ट/मध्यान्ह
दैलेख : दैलेख सदरमुकाममा सञ्चालनमा आएका अटो रिक्साका चालकहरुलाई प्रशिक्षण दिइएको छ । ट्राफिक प्रहरीले अटो रिक्साहरुलाई व्यवस्थित गर्न भन्दै चालकलाई प्रशिक्षण दिएको जनाएको छ ।
विना लाईसेन्स अटो चलाउन नपाईने भन्दै यदि चलाएकोे पाइएमा कानून अनुसार कारवाही गर्ने दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले मध्यान्हलाई जानकारी दिए ।
सदरमुकाममा संचालित अटो रिक्साले निर्धारित भाडादर भन्दा बढी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु बोक्ने, बजार क्षेत्रमा आवश्यक भन्दा तीव्र गतिमा अटो चलाउँने गरेको अटो यात्रुहरुले गुनासो गरेकाले अटो चालकहरुले सुधार नगरे कारवाही गरिने प्रहरी प्रमुख साहले बताए ।
अटोमा ३ जना मात्रै यात्रु राख्न र चालक बस्ने सिटको दाँया÷वाँया यात्रु नराख्न निर्देशन दिएको छ । कार्यक्रमा ट्रापिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिपेन्द्र केसीले ट्राफिक नियमका विविध पक्षका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा दैलेखमा सञ्चालित २५ भन्दा धेरै अटो रिक्सा चालकहरुको सहभागिता रहेको थियो । जिल्लाम संचालित यातायातका सवारी साधानबाट दुर्घटनाका कारण मानिसले ज्यान गुमाउन नपरोस भनि चेकजाँचमा थप कडाई गरिने पनि प्रहरी नायव निरीक्षक केसीले जानकारी दिए ।
यस्तै कोरोना संक्रमण दर बढ्दै गएकाले अटो चालक, अटो यात्रुहरुले कोरोना विरुद्धको खोप लगाउनुपर्ने र अनिर्वाय माक्स सेनिटाइजर प्रयोग गर्नुपर्ने बताएको छ । प्रहरीले जिल्लाका बजारी क्षेत्रमा कोरोना सम्बन्धी जानकारी दिँदै सेनिटाइजर प्रयोग नगर्ने, माक्स प्रयोग अनिवार्य नगरेमा कारबाही गर्ने जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies