२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

कोरिया रोजगारीका लागि मंसिरदेखि परीक्षा सञ्चालन गरिने

shivam cement
२०८२ कार्तिक २६ गते ०६:१५
Shares
कोरिया रोजगारीका लागि मंसिरदेखि परीक्षा सञ्चालन गरिने

काठमाडौं : इपिएस कोरिया शाखा र एचआरडी कोरियाले लिने परीक्षा प्रणालीमा उत्पादनमूलक क्षेत्रमा आवेदन दिएकाहरूको परीक्षा तालिका प्रकाशित भएको छ । तालिकाअनुसार मंसिर १ गतेबाट सञ्चालन हुने पहिलो चरणको परीक्षामा आवेदन दिएका ६७ हजार २ सय ९५ जना सहभागी हुन पाउनेछन् । 

उत्पादनमूलक क्षेत्रको परीक्षा सकिएपछि कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएका ३५ हजारको परीक्षा हुने शाखाले जनाएको छ । दुवै क्षेत्रमा गरी १ लाख ३ हजार जनाको आवेदन परेकाले परीक्षा सकिन कम्तीमा चार महिना लाग्ने र उत्तीर्ण हुनेहरू अन्य परिस्थिति यथावत् रहेमा दुई वर्षपछि सन् २०२७ मा मात्रै रोजगारीमा जान पाउनेछन् ।

शाखाले दैनिक बढीमा एक हजार जनाको मात्रै परीक्षा लिने बताएको छ । यसअघि भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेकाहरूले दक्षिण कोरिया जान नपाएको भन्दै केही दिनअघि इपिएस कार्यालय घेराउ गरेका थिए । शाखाकी निर्देशक विन्दा आचार्य यसअघि छनोट भएकालाई नयाँ परीक्षाले असर नपार्ने बताउँछिन् ।

दक्षिण कोरियाले कृषि तथा पशुपालन, उत्पादन, निर्माण, कृषि तथा पशुपालन, सेवा र पानीजहाज निर्माण कार्यमा नेपालबाट कामदार लैजाने बताएको छ । 

पछिल्ला लिनमा कोरिया जाने क्रम सुस्त बनेको छ । ठुलो संख्यामा राहदानी होल्ड हुँदा खाडी तथा मलेसिया देशमा जाने योग्य कामदार पाउन समस्या हुने वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ ।

यस वर्ष परीक्षा दिएकाहरूमध्येबाट उत्पादनमूलक र कृषिमा गरी ५ हजार ३ जना मात्रै कोरिया जान पाउँछन् । हाल पनि भाषा र सीप परीक्षा उत्तीर्ण गरेका १५ हजार हाराहारीमा पर्खाइमा रहेको बताइएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएपनि रोजगारीका लागि कोरिया जान रोजगारदाताको छनोटमा पर्नुपर्ने बाध्यता छ । सन् २००८ बाट सुरुवात भएको इपिएसमार्फत हालसम्म ४० हजार नेपाली कोरिया पुगेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघिल्लो सरकारको पालामा ई–७ भिसामा नेपाली कामदार दक्षिण कोरीया पठाउने कार्यविधि बनाएको थियो । तर हाल उक्त कार्यविधि स्थगन गरिएको छ ।

कार्यविधि स्थगित भएको कारण कोरियाको आकर्षक तलब सुविधाको रोजगारीमा जान इपिएस प्रणालीको भर पर्नुपर्ने भएकोले यसभित्रका जटिलताको समाधान खोजिनुपर्ने भाषा र सीप परीक्षा उतिर्ण गरेका युवायुवतीको भनाइ रहेकोे छ । यो अवस्थालाई सहज र थप उपलब्धिमूलक बनाउन नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने परिक्षार्थीहरूको दबाब र सुझाव छ ।

ADV

सम्बन्धित खबर