राजेन्द्र महतो/मध्यान्ह
सप्तरी : सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार हनुमाननगर कंकालिनी नगरपालिका–६ स्थित स १ त २७६ नम्वरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँका २३ वर्षीय धिरज सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले मध्यान्हलाई जानकारी दिए ।
बिहान माटो लिन जाने क्रममा अनियन्त्रित भएर ट्याक्टर नहरमा पल्टिएको थियो । ट्याक्टरसँगै पानीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies