राजेन्द्र महतो / मध्यान्ह
सिरहा : सिरहाको नवराजपुर गाउँपालिकामा छुराप्रहार घटनामा संग्लन दोषीहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडित पक्ष ले आरोप लगाएको छ। पीडित परिवारले आफ्नै निवास नवराजपुर गाउँपालिका –४ नहर्निया नयाँटोलमा पत्रकार सम्मेलनमा घटनामा संग्लन दोषीहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको बताएका छ्न ।
घटना भएको झन्डै हप्ता दिन हुनलाग्दा पनि अपराधी खुलेआमरूपमा घुमि रहेको पीडित पक्षको आरोप छ । पीडित घाइते यादवका दाजु दिपेन्द्र यादवका अनुसार यहाँका पुलिस र स्थानीय सरकारले अपराधीलाई कार्बाही नगरेको बताए । उनले भने घटना भएको ५ दिन भयो अहिले सम्म सिरहा प्रहरीले अपराधीलाई कार्बाही गर्न सकेकाे छैन ।
गत पुस २९ गते साँढे ८ बजे राती करिव १० जनाको समुहले नवराजपुर ४ का १५ बर्षिय रामरिझन यादवलाई छुराप्रहार गरेर मरासन्न हुने गरि घाईते बनाएको थियो । ज्यानमार्ने उदेश्यले बायाँ हातको पछाडिपट्टी कुहिनामा यादवलाई छुरा प्रहार गरेको पीडित परिवारले पत्रकारहरुलाई बताए ।
भोजखाएर आईरहेको बेला उच्च मावी सोनवर्षा स्कुल नजिक समुहगत रुपमा यादव माथी छुराप्रहार भएको जनाइएको छ । १० जना मध्ये ६ जनालाई चिनेकोले ६ जनाको नाममा पिडितपक्षले इलाका प्रहरी कार्यालय महेशपुर पत्तारीमा किटानी जाहेरी दिएको बताएका छ्न । नवराजपुर गाउँपालिकाका सन्तोष यादव, कृष्ण मण्डल, बिनोद यादव, रामअधीन यादव, देवराम यादव, रोस्तम मियाँ लगायतको समुहले छुरा प्रहार गरेको जाहेरी दरखास्तमा उल्लेख छ ।
कक्षा १० मा अध्ययनरत पिडित यादवलाई स्कुलको बिषयमा ब्यक्तिगत रिसिवीका कारण उनिहरुले छुरा प्रहार गरेको बताए । घाइते यादवका अनुसार उक्त घटनाको मुख्य नायक सन्तोष यादव नै रहेको पत्रकार समेलनमा आरोप लगाएका छन् । राजनीतिक संरक्षणमा अपराधीहरु खुल्लेआम चोक चौराहामा घुमिरहेको पीडित परिवारको भनाई छ ।
छुरा प्रहार गरी घाइते बनाईएको पीडित यादव विराटनगरबाट उपचार गराएर अहिले घर फर्केका छ्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies