ऐजेन्सी : बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु शहरको मेट्रोपोलिटन इन्टर-सिटी एक्सप्रेसवेमा दुर्घटना भएको हो ।
स्थानीय प्रहरीका अनुसार बाक्लो कुहिराका कारण चालकहरूलाई बाटो देख्न मुस्किल परेकोले गाडीहरू एकैठाउँ थुप्रिनगई जुधेर दुर्घटना भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies