यामराज बिष्ट/मध्यान्ह
दैलेख : नेपाल विद्युत प्राधिकरण दैलेखले दैलेख सदरमुकाम लोडसेडिङमुक्त भएको घोषणा गरेका छ । अबदेखि दैलेख सदरमुकाममा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले मध्यान्हलाई जानकारी दिए ।
गत माघ १ र २ गते परीक्षण प्रसारण शुरु गरिएको नौमुले द्वारी हाइड्रो र पदम खोला हाइड्रापावरको बिजुली ग्रिड लाइनमा बत्ती नआएका बेलामा आइसोलेसन मोडबाट विद्युत उत्पादन गरेर परीक्षण गर्दा प्रसारण सफल भएको दैलेख वितरण केन्द्रका प्रमुख पाण्डेले बताए ।
आगामी चैतभित्र जिल्ला नै अध्यारोमुक्त बनाउने अभियान थालिएको नेपाल विधुत प्राधिकरण दैलेख वितरण केन्द्रले जानकारी दिएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जनताको मागलाई मध्यनजर गर्दै दैलेखलाई अध्यारोमुक्त बनाउने अभियान शुरु गरेको बताए । कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत अवरुद्ध हुने समस्या अब समाधान हुने उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies