काठमाडौं : नेपाली गीति साहित्य विधामा एकै पटक सात गीति एल्बम बजारमा ल्याएर विश्व कीर्तिमान कायम गरेका गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ ।
आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा डा. उपाध्यायका ‘अधुरो प्रेम’ उपन्यास र तीन गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएको हो । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई ५१ हजारको राशी सहित सम्मान पनि गरिएको थियो ।
डा. उपाध्यायले यस अघि एकै साथ ७ गीति एल्बमका ३६ वटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड र एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका थिए । डा. उपाध्यायलाई आइतबार पनि चार वटा एभरेष्ट वर्ल्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । उनलाई एभरेष्ट वर्ल्ड रकेर्डका मथुरा श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।
एल्बममा समावेस गीतका भिडियो पनि देखाइएको कार्यक्रममा गायक तथा सङ्गीतकार सागर अधिकारी ‘सरद’, दीलीप लामा र कविता सिवाकोटीले प्रत्यक्ष गीत गाएका थिए । सार्वजनिक तीन गीति एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, मेलिना राई, विश्व नेपाली, जुगल डंगोल, रमेश श्रेष्ठ, टेकेन्द्र नेपाली, राजन तिमिल्सिना, महेश मुखियालगायतकाको सङ्गीत रहेको छ । त्यस्तै सागर अधिकारी ‘सरद’, अस्मिता अधिकारी, विपिन घिमिरे, दीलिप लामा, कृष्णभक्त राई, बेनुप क्षेत्री, टेकेन्द्र नेपाली, समिर खरेल, कविता शिवाकोटी, महेश मुखिया, सागर संसार राई, रमेश श्रेष्ठलगायतका गायक गायिकाको स्वर रहेको छ ।
सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा सुरेश घिमिरे ‘निश्चिन्त’को मित्रताको सुर्किनी पुस्तक पनि विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी, गीतकार डा. डीआर उपाध्याय, गीतकार सुरेश घिमिरे, अचुत घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies