ललितपुर : ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा एक कैदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहेका ५० वर्षीय पवनकुमार महतोले अर्का कैदी ४५ वर्षीय पूर्णबहादुर राजीको ढुंगाले हानेर हत्या गरेका हुन् । राजी जबर्जस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका कैदी हुन् ।
घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies